सिन्धुपाल्चोकमा बस दुर्घटना हुदाँ दुईको मृत्यु

44

सिन्धुपाल्चोक, फागुन ६–
बस दुर्घटना हुदाँ सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बराम्ची २ मा बा २ ख २७०२ नम्बर बस दुर्घटना भएको हो । दुर्घटनामा गुम्बा गाविसकी माइली तामाङ र बराम्ची गाविस ६ की दावासाङ्बो तामाङको मृत्यु भएको छ । घाइतेलाई उपचारका लागि सदाबहार अस्पताल खाडीचौर, धुलिखेल अस्पताल र काठमाडौ पठाइएको प्रहरीले जानकारी दिएको छ । उकालोमा अगाडी र पछाडीको चक्का जोड्ने सापट खुस्किएकाले दुर्घटना भएको चालकले बताएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

Womui
Womui