कोईराला र सिजापतिबीच रस्साकस्सी

58

कांग्रेस बाँकेको निर्वाचन

नेपालगन्ज, फागुन ६–
सभापति पदका लागि नेपाली कांग्रेस बाँकेको दोस्रो निर्वाचन यही फागुन ७ गते नेपालगन्जमा हुने भएको छ । उक्त निर्वाचनमा गाउँ तथा नगर वडा इकाइबाट आएका कुल ६ सय १५ मतदाताले सभापति पदमा मात्र भोट हाल्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत रोहित वास्तोलाले ७ गते प्रजातन्त्र दिवसका दिन कांग्रेस बाँकेको निर्वाचन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए । सभापति पदमा नेता निरन्जनसिंह सिजापति र नेतृ किरण कोईराला मैदानमा उत्रिदैछन् ।

Kiran Koirala

गत माघ २५ गते सम्पन्न पहिलो निर्वाचनमा सभापति पदमा ४ जनाले उम्मेदवारी दिएका थिए । पहिलो निर्वाचनमा नेतृ कोईरालाले सबैभन्दा बढी मत २ सय ६५, सिजापतिले १ सय ४७ तथा नारायण गौडेलले १ सय ३७ र लक्ष्मीनारायण शाहले २५ मत प्राप्त गरेका थिए । त्यसक्रममा कसैलेपनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि प्राप्त मतका आधारमा पहिलो र दोस्रो नम्वरमा आउने उम्मेदवारलाई पुनः प्रतिस्पर्धा गराउन लागिएको हो । दोस्रो निर्वाचन माघ २६ गते हुने तय भएपनि कांग्रेस सभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोईरालाको असामयिक निधन भएका कारण रोकिएको थियो ।

Niranjan Sin Sijapati

निर्वाचनको समय निर्धारण भएपछि सभापतिका उम्मेदवारले आफ्नो प्रचार–प्रसार तिव्र पारेका छन् । जेठाजु सुशीलको निधनपछि काठमाण्डौ पुगेकी नेतृ कोईराला प्रचार–प्रसारका लागि केहीदिन अघि नेपालगन्ज आएकी हुन् । यस्तै नेता सिजापतिले पनि आफ्नो भेटघाट अभियानलाई तिव्र पारेका छन् । सिजापति र कोईराला पक्षका नेता, कार्यकर्ताहरु यतिबेला मतको जोड घटाउमा लागेका छन् । पहिलो निर्वाचनमा तेस्रो र चौथो स्थानमा रहेका गौडेल र शाहले जसलाई समर्थन गर्छन, उसैले चुनाव जित्ने कार्यकर्ताको विश्लेषण छ । स्रोतका अनुसार गौडेल र शाहले सिजापतिलाई सहयोग गर्ने संकेत गरेका छन् । ‘नारायण गौडेल र लक्ष्मी नारायण शाहले जसलाई समर्थन गर्छन, उसले चुनाव जित्छ,’ एक नेताले भने ।

Womui
Womui