अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

168

काठमाडौं, फागुन ४
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि मंगलबार आज निर्वाचन हुँदैछ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष केपी ओली र नेता माधव कुमार नेता पक्षका नेताहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । ओली पक्षबाट अध्यक्षमा महासचिव नविना लामाले आफ्नो प्यानल नै बनाएर उम्मेदवारी दिएकी छन, भने नेपाल पक्षबाट उपाध्यक्ष दिपक गौतमले प्यानल सहित मनोनयन दर्ता गराएका छन् ।

timthumb

प्रतिनिधिसम्बन्धी विवादका कारण अनेरास्ववियुको सम्मेलन फागुन १ गते नै सकिने बताइएपनि तीन दिन बढी लम्बिएको छ । सोमबार साँझ मनोनयन दर्ता प्रक्रिया सकिएको र निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेककाले मंगलबार मतदान हुन लागेको प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । लामा समूहबाट उपाध्यक्षमा रश्मि आचार्य, सुतिता बराल, महेश बर्तौला र शैलेश लामा उम्मेदवार बनेका छन् भने महासचिवमा ऐन महर, सचिवमा समिक बडाल, आरसी लामिछाने, वसन्त ढकाल, मकर खड्का, जनजातिबाट अमृत बूढा, महिलाबाट कमला बोहरा, मधेसीबाट दुर्गानन्द ठाकुर र कोषाध्यक्ष झपेन्द्र खत्री छन् ।

गौतम समूहका उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, नीलकण्ठ आचार्य र सरोज यादव चुनावी मैदानमा उत्रिएका छन् भने महासचिवमा अब्दुल हुसेन खाँ, सचिवमा भीम रावल, सुरेश पराजुली, अशेष घिमिरे, जनजातिबाट गौतम राई, महिलाबाट आरती लामा, खुलाबाट भक्तकुमारी लामा, मधेसीबाट ओसिम आलम र कोषाध्यक्षमा कमल शाही उम्मेदवार बनेका छन् । सम्मेलनले अनेरास्ववियुको १७ पदाधिकारीसहित १ सय ४२ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ । सम्मेलनमा देशभरबाट १५ सय प्रतिनिधि सहभागी रहेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

Womui
Womui