निलम्वित सशस्त्र प्रहरी प्रमुख वन्तविरुद्ध मुद्दा दायर

124

काठमाडौं, माघ १८–
सशस्त्र प्रहरी बलका निलम्वित महानिरीक्षक कोषराज वन्तविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सामान किनेको नक्कली विल बनाई ६ करोड ७९ लाख भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले वन्त सहित ११ जना विरुदद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले वन्तसँगै ८ जना सशस्त्रका कर्मचारी र २ जना ठेकेदारलाई समेत सो मुद्दामा प्रतिवादी बनाएको छ ।

Kos Raj Wont

अख्तियारद्वारा जारी विज्ञप्तिमा हलचोकको समान ढुवानी प्रकरणमा अनुसन्धान गर्दा सामानै ढुवानी नगरी महानिरीक्षक वन्तको निर्देशनमा लेखा प्रमुख शसस्त्र प्रहरी निरीक्षक बिन बहादुर थापाले सदाज्योती तथा अदिती ट्रान्सपोर्टका संचालकहरुसंग मिलेमतो गरी खाली तथा विभिन्नर युनिटहरूमा सामान पठाएको बिल आफ्नै कार्यकक्षमा बनाएको खुलेको दावी गरिएको छ। निरीक्षक थापाले लेखा शाखामै कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षकहरू निलबहादुर श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, लेख बहादुर खत्री र जवान मिलन अधिकारी समेतलाई प्रयोग गरी भण्डार शाखाले भुक्तानीको लागि बिल पठाएको भन्नेग व्यहोराको पत्र तयार पारेको विज्ञप्तिमा उल्लेख छ ।

Womui
Womui