पोर्नस्टार बिन्दुलाई ७२ करोड क्षतिपूर्ति दिन अमेरिकी अदालतको आदेश

55

काठमाडौं, पुष १०–
आफ्नै पतिद्वारा पोर्नस्टार’ बन्न बाध्य पारिएकी २७ वर्षीया नेपालीमूलकी युवती बिन्दु परियारले ७२ लाख ५० हजार अमेरिकी डलर (करिब ७२ करोड ५० लाख रुपैयाँ) क्षतिपूर्ति पाएकी छन् । अमेरिकाको टेक्सास राज्यस्थित डलास जिल्ला अदालतले उनकै पूर्वपतिविरुद्धको मुद्दामा आइतबार यस्तो फैसला सुनाएको हो । फैसलासँगै उनले आफू अब सामान्य जीवनमा फर्कने बताएकी छन् । ५८ वर्षीय पूर्वपति टोम रान्डल सेवेलले आफूलाई जबर्जस्ती देहव्यापारमा लगाएको, स्ट्रिब क्लब र डाक्सबारमा नांगै नाच्न बाध्य पारेको, जबर्जस्ती अश्लील फोटो तथा भिडियो खिची पोर्नस्टारका रुपमा परिचित गराएको लगायत दाबी गर्दै बिन्दुले मुद्दा दायर गरेकी थिइन् । अमेरिकाबाट प्रकाशित ’द डलास मर्निङ न्युज’ का अनुसार न्यायाधीश मार्टिन जे होफम्यानले बिन्दुलाई क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् ।

bindu pariyar

बिन्दुले पूर्वपतिलाई सामाजिक सञ्जाल तथा अनलाइनमा आफ्नो अश्लील फोटो तथा भिडियो प्रकाशित गरेको, कृत्रिम स्तन प्रत्यारोपण गर्न लगाएको, आफ्नो राहदानी तथा प्रवेशाज्ञा कागजात गायब पारेको लगायत आरोपमा मुद्दा दायर गरेकी थिइन् । फैसलामा बिन्दुको अनुमतिबिना विभिन्न सामाजिक सञ्जाल र साइटहरुमा राखिएका अश्लील फोटो र भिडियो तत्काल हटाउनसमेत भनिएको छ । पोखरा, हेम्जाको विपन्न परिवारमा जन्मेकी बिन्दु १२ कक्षा पास गरेर सेवेलसँग विवाह गरी अमेरिका पुगेकी थिइन् । सेवेलले नर्सिङ पढाउने र विपन्न परिवारलाई आर्थिक सहयोगसमेत गर्ने प्रलोभन दिएर आफूभन्दा धेरै कम उमेरकी बिन्दुलाई पत्नी बनाएका थिए ।

सेवेलले यसअघि नै बिन्दुकी काकी तथा उनकी छोरीसँग समेत यस्तै प्रलोभन दिएर विवाह गरी सम्बन्धविच्छेद गरेको पनि समाचारमा जनाइएको छ । सेवेलले अमेरिका पुगेलगत्तै फरक गतिविधि देखाउन सुरु गरे जुन बिन्दुको इच्छाविपरीत थियो । आफूलाई पूर्वपतिले नेपाली मौलिक पोसाक लगाउन प्रतिबन्ध लगाई मिनीस्कट, बिकिनी, पोङ लगाउन बाध्य पारेको परियारले अदालतलाई बयान दिएकी थिइन् ।

Womui
Womui