नाकामा जारी अवरोध फिर्ता लिन पुर्व राष्ट्रपतिको आग्रह

58

काठमाडौं, मंसिर २६–
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मधेसी दललाई नाकामा जारी अवरोध फिर्ता लिन आग्रह गरेका छन् । नेपालको समसामयिक राजनीतिबारे कुलचन्द्र गौतमद्वारा लिखित पुस्तक ‘लष्ट इन ट्रान्सिसन’ को विमोचनका अवसरमा बोल्दै पूर्व राष्ट्रपति यादवले सो कुरा बताएका हुन् । पुस्तक नेपालयले प्रकाशित गरेको हो । यादववे मुख्य दललाई जिम्मेवार भएर संविधान संशोधनमार्फत् अहिलेको राजनीतिक गतिरोधको अन्त्यका लागि अनुरोध पनि गरे ।

dr yadav

उनले भने, ’मधेसका पार्टीहरुलाई मेरो अनुरोध छ, तपाईहरु आफ्नो आन्दोलनको मोड्यालिटी बदल्नुस, नाकामा नबस्नुस् अरु उपाय खोज्नुहोस् ।’ यादवले मुलुकको ठुलो हिस्सा र जनसंख्याले संविधानमा आफ्नो अपनत्व महसुश गर्न नसकेको र आन्दोलनमा रहेको स्मरण गरे ।

Womui
Womui