पत्रकार महिलालाई पेशामा क्रियाशिल बनाउन पहल

80

नेपालगन्ज, मंसिर २६–
पत्रकार महिलाको एक भेलाले पाँच बुँदे निर्णय गरेको छ । जिल्लाको पर्यटकिय क्षेत्र चिसापानीस्थित गाभर भ्यालीमा क्रियाशिल पत्रकार महिलाले आयोजना गरेको कार्यक्रममा उपस्थित पत्रकार महिलाले यस्तो निर्णय गरेका हुन् । जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत ३२ जना पत्रकार महिलाको भेलाले पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि पत्रकारितासँग सम्वन्धित विषयगत तालिम आयोजना गर्ने, नेपाल पत्रकार महासंघ बाँकेसँग पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा क्रियाशिल गराउन छलफल साथै कार्यगत एकता गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा उपस्थित पत्रकार महिला सामुहिक तस्बिर खिचाउँदै ।
कार्यक्रममा उपस्थित पत्रकार महिला सामुहिक तस्बिर खिचाउँदै ।

यसैगरी सञ्चार माध्यमलाई समावेशी बनाउन ल्याइएको अवधारणा लैंगिक नीतिलाई सञ्चार माध्यममा कार्यान्वयन गराउन एक मिडिया एक महिलाको अवधारणालाई कार्यान्वयन गराउन सम्वन्धित सञ्चार माध्यमसँग छलफल गर्ने, पत्रकार महिलालाई सक्रिय गराउन समय–समयमा पत्रकार महिलाबीच विभिन्न प्रकारका छलफल, भेटघाटलाई नियमित गर्ने र पत्रकार महिलाले गरेका कामको मुल्यांकन गर्दै सम्मानको परिपाटी निर्माण गर्ने निर्णय पनि भेलाले गरेको छ ।

कार्यक्रममा क्रियाशिल पत्रकार महिलाका पूर्व केन्द्रिय सदस्य अछरी पोख्रेल, मध्यपश्चिम क्षेत्रीय संयोजक उमा थापामगर, सञ्चारिका समूहका क्षेत्रीय संयोजक रुपा गहतराज, सचिव रुपनी जिएम, कोषाध्यक्ष लिला अधिकारी, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय सदस्य दिपा आले तथा बाँकेका उपाध्यक्ष शोभा गुरुङ, नेपाल पत्रकार महासंघ बाँके महिला विभाग प्रमुख अमृता केसी र जिल्ला सदस्य विमला चौधरी तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाले आ–आफ्नो धारणा राखेका थिए ।

Womui
Womui