नाकामा भारतीयको अवरोध यथावत

122

नेपालगन्ज, मंसिर २०–
रुपैडिहा–जमुनाहा नाकामा भारतीय पक्षले आइतबार पनि अवरोध कायमै राखेको छ । नाकामा गत सोमबारदेखि पेट्रोलियम ट्यांकर तथा अन्य मालबाहक सवारी साधन आवत–जावत गर्न नपाएका हुन् । भारतीय सुरक्षाकर्मीले ठुला सवारीलाई आवत–जावतमा रोक लगाइरहेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जानकारी दिएको छ । प्रहरी सहायक निरिक्षक हरि गुरुङले आइतबार पनि भारतीय पक्षले ठुला सवारी साधनलाई नाकाबाट आवत–जावत गर्न नदिएको बताए ।

नेपालगन्जस्थित जमुनाहा-रुपैडिहा नाका ।
नेपालगन्जस्थित जमुनाहा-रुपैडिहा नाका ।

मधेसी मोर्चाका कार्यकर्ता दसगजा क्षेत्रमै टेण्ट टाँगेर धर्नामा बसेपछि भारतीय सिमा सुरक्षा बल एसएसबीले गएको सोमबार पेट्रोलियम ट्यांकर तथा अन्य सवारी साधनलाई प्रवेशमा रोक लगाएको थियो । दसगजा क्षेत्रबाट आन्दोलनकारीलाई हटाएर नेपाली सुरक्षाकर्मीले नाका खाली गराएपनि चुनावको कारण देखाउँदै मंगलबारबाट ठुला सवारी साधन आवत–जावतमा रोक लगाउँदै आएको हो । निर्वाचन सकिएपछि साना सवारी साधनलाई आवत जावत गर्न दिएपनि पेट्रोलियम ट्यांकर र मालबाहक अन्य सवारी साधनहरु आवत–जावत गर्न नपाएको प्रहरीले जनाएको छ ।

Womui
Womui