भारतका विपक्षीलाई मोर्चाको ब्रिफिङ

26

काठमाडौं, मंसिर २०—
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले त्यहाँका विपक्षी दलका नेताहरुसँग भेट गरेका छन् । उनीहरुले त्यसक्रममा नाकाबन्दी भारतले नगरेको ब्रिफिङ गरेका छन् । नाकाबन्दी आफूहरुले गरेको भारतीय नेताहरुलाई सुनाएका छन् ।

करण सिंहसँग भेट गर्दै मधेसी मोर्चाका नेता ।
करण सिंहसँग भेट गर्दै मधेसी मोर्चाका नेता ।

जनता दल युनाइडेटका अध्यक्ष शरद यादबको घरमा भएको भेटमा मोर्चा नेताहरुले प्रस्टसँग आफ्नो कुरा राखेका थिए । भेटमा उनीहरुले मधेस मुद्दामा भारतको सत्ता पक्ष र विपक्षको एउटै स्वर होस् भन्ने आफूहरुले चाहेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

Womui
Womui