तीन दल र मधेसी मोर्चाबीचको बैठक स्थगित

41

काठमाडौं, मंसिर १६–
प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठक बुधबार स्थगित भएको छ । दुई पक्षबीचको बार्ता बुधबार बेलुका ६ बजे बस्ने भनिएको थियो । प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दै वार्ता स्थगित भएको जानकारी दिएका छन् । बैठक बिहीबार बस्ने उनले बताएका छन् । वार्ता किन र के कारणले स्थगित भयो भन्ने विषयमा भने केही खुलाइएको छन् ।

pm niwas

सोमबार प्रतिपक्ष दल कांग्रेस, सत्तापक्ष र आन्दोलनरत मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ताले बुधबार साँझ अर्को वार्ता गर्ने मिति तय गरेको थियो । यसअघि मधेसी मोर्चाले सरकारी वार्ता टोलीसमक्ष पेश गरेको ११ बुँदे मागका विषयमा तीन दलले साझा अवधारणा तय गर्ने सहमति भएको थियो । तर तीन दलले साझा अवधारणा तय गर्न सकेका थिएनन। प्रधानमन्त्री ओलीले ट्विटमा बिहीबार तीन दलको बैठकपछि मोर्चासँगको वार्ताको मिति तय गर्ने उल्लेख गरेका छन् ।

Womui
Womui