आर्थिक अवस्थाबारे श्वेतपत्र जारी

56

काठमाडौ, मंसिर ८–
नाकाबन्दीपछिको मुलुकको आर्थिक अवस्थाका बारेमा सरकारले श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर श्वेतपत्र जारी गरेका हुन् । अर्थमन्त्री पौडेलले नाकाबन्दीका कारण आपूर्तिमा निरन्तर अवरोध हुँदा ६ प्रतिशतको लक्ष्य राखिएको आर्थिक वृद्धिदर यो वर्षमा दुई प्रतिशतमा खुम्चिने संकेत दिएका छन् । उनले भने, ‘यही अवस्थामा जारी रहेमा दुई प्रतिशत पनि अझ् खुम्चिने खतरा छ ।’ श्वेतपत्र जारी गर्न आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयलाई अनुमति दिएको हो । अर्थमन्त्री पौडेलले जीवन रक्षाका लागि अत्यावश्यक दैनिक उपभोगका बस्तुहरुको आपूर्ति नहुँदा जनजीवन कष्टकर भएको र मानवीय संकटको अवस्था उत्पन्न भएको बताएका छन् । उनले भने, कल्पना नगरेको कष्ट मुलुक र जनताले भोग्नु परेको छ ।

उनले अर्थतन्त्र पुरै शिथिल भएको र आर्थिक क्रियाकलापहरुमा गहिरो संकुचन आएको बताए । पौडेलले आपूर्तिको अवरोधले पुँजी बजार पनि प्रभावित भएको बताए । भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनका कारण मुलुकले भोग्नुपरेको नोक्शानी तथा समस्याबारे विस्तृत जानकारी दिन सरकारले श्वेतपत्र ल्याएको हो । उनले विनाशकारी भूकम्पपछि पुनस्र्थापना र पुर्न्निर्माण अभियान प्रारम्भ नहुँदै भएको नाकाबन्दी र आपूर्तिमा भएको निरन्तर अवरोधले पुर्न्निर्माण अभियान प्रभावित भएको बताए ।

Womui
Womui