मधेसी मोर्चासँग आज निर्णायक वार्ता हुने

35

काठमाडौं, मंसिर २–
आन्दोलनरत मधेसी मोर्चा र प्रमुख दलका शीर्ष नेताबीच बुधबार आज राजधानीमा निर्णय वार्ता हुँदैछ । आज हुने यो वार्तालाई विशेष अर्थपुर्ण रुपमा लिइएको छ । वार्तास्थल र समय भने सार्वजनिक गरिएको छैन । मधेसी मोर्चा र मधेस मामिलाका विश्लेषक बुधबारको वार्ताको सार्थकता तीन दलको प्रस्तुतिमै निर्भर रहने बताउँछन् ।

मोर्चाका वार्ता टोली सदस्य एवं संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले आफ्नो प्रमुख मुद्दा सीमांकन नै भएको बताए । उनले भने, ‘राज्य पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन हुबहु लागु गरिनुपर्छ, त्यो प्रतिवेदन नै हाम्रो बटमलाइन हो ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अघि सारेको भनिएको सीमांकन प्रस्ताव मोर्चासमक्ष नआएको उल्लेख गरे । मोर्चाको निर्णयअनुसार मानव अधिकार आयोगकै प्रतिवेदन वार्ताको बटमलाइन रहेको उनको भनाई छ । आजको वार्ता सकारात्मक हुने अपेक्षा गरेको बताए ।

Womui
Womui