भारतीय नाकाबन्दीविरूद्ध राष्ट्रसंघ अगाडि बृहत प्रदर्शन

188

अमेरिका(वासिङ्टन डिसी), मंसिर २—
भारतीय नाकाबन्दीको विरोधमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालय अगाडि नेपालीहरुले विशाल प्रदर्शन गरेका छन् । गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा भएको प्रदर्शनमा भारतीहरु समेत सहभागी भए । भारत सरकारले नेपालमाथि गरेको व्यवहार अमानवीय र अन्तराष्ट्रिय सन्धिविरूद्ध भएको भन्दै अमेरिकामा रहेका भारतीय शिख समुदायले नेपालीको प्रदर्शनमा साथ दिएका हुन् । ‘भारत मानवीय बन’, ‘भारत नाकाबन्दी बन्द गर’, ‘दक्षिणी छिमेकी नेपाललाई नपेल’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका नेपालीहरुले राष्ट्रसंघ महासचिब बान्की मुनलाई ज्ञापन पत्र बुझाएका छन् ।

UN Pradasan 1

ज्ञापनपत्र पत्रमा अन्तराष्ट्रिय समुदायलाई भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी तत्काल समाधान गर्न आग्रह गरिएको छ। न्युयोर्क प्रदर्शनका क्रममा एनआरएन अमेरिकाका अध्यक्ष केसव पौडेलले सो ज्ञापनपत्र पढेर सुनाएका थिए । एनआरएनको पहलमा भएको प्रदर्शनमा अमेरिकामा रहेका दर्जनैं नेपाली समुदायका संघसंस्था संघ तथा संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

UN Pradasan 2

हाल अमेरिकाको भ्रमणमा रहेका नेपालका चर्चित गायक रामकृष्ण ढकाल तथा प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलले नाकाबन्दीको बिरुद्धमा समर्थन जनाउदै राष्ट्रिय गीत गएका थिए । भारतले गरेको अघोषित नाकाबन्दीको समर्थन जनाउन अमेरिकामा रहेका अमेरिकन सिख समुदायले पनि बिरोध कार्यक्रममा सहभागी जनाएका थिए ।

UN Pradasan 3

Womui
Womui