रुपैडिहामा रोकिएका सबै ट्यांकर भित्रिए

138

नेपालगन्ज, मंसिर १–
करिव दुई साता सम्म रुपैडिहामा रोकिएका सबै पेट्रोलियम ट्यांकर र मालबाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश भएका छन् । वीरगन्जमा आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच तनाव उत्पन्न भएपछि कात्तिक १७ गतेबाट भारतीय कष्टमले माथिको आदेश भन्दै पेट्रोलियम ट्यांकर र मालबाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेशमा रोक लगाउँदै आएको थियो । भारतीय कष्टमले तीनदिन यता रुपैडिहामा रोकिएका सबै ट्यांकर र ट्रकलाई प्रवेश अनुमति दिइसकेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

रुपैडिहाबाट आइतबार प्रवेश भएका पेट्रोलियम ट्यांकर ।
रुपैडिहाबाट आइतबार प्रवेश भएका पेट्रोलियम ट्यांकर ।

‘रुपैडिहामा अब कुनैपनि पेट्रोलियम ट्यांकर र मालबाहक ट्रक रोकिएका छैनन, त्यहाँ भएका जति सबै नेपाल प्रवेश भइसकेका छन,’ इप्रका जमुनाहाका असई हरि गुरुङले भने । भारतीय सुरक्षाकर्मी र भन्सारले रुपैडिहा सम्म आइपुगेका सवारी साधनलाई सहज रुपमा नाका प्रवेश हुन दिइरहेको उनले बताए । नेपाल प्रवेश भएरपनि भारतको गोण्डा र ईलाहावाद तर्फ इन्धन लिन करिव ५५ वटा ट्यांकर प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

Womui
Womui