सरकार-मोर्चाबीचको वार्ता स्थगित

50

काठमाडौं, कात्तिक २३

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्तामा बस्न अस्वीकार गरेपछि सोमबारको वार्ता स्थगित भएको छ । सरकारी वार्ता टोलीले सोमबार दिउँसो १ बजे वार्ता गर्ने प्रस्ताव राखेकोमा मोर्चाले वीरगञ्ज घटनामा सरकारले माफी माग्नु पर्ने भन्दै वार्तामा बस्न अस्वीकार गरेपछि वार्ता स्थगित भएको हो । सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्राधानमन्त्री कमल थापाले थप गृहकार्यको आवश्यकता महसुस भएकाले वार्ता स्थगित गरिएको बताएका छन् भने  मोर्चाका नेताहरुले भने सरकारले स्वयम्‌ले वार्ताको वातावरण बिगारेको आरोप लगाएका छन् ।

Womui
Womui