बिहीबारदेखि चिनियाँ पेट्रोल बाँडिने

168

काठमाडौं, कात्तिक १७

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बिहीबार, शुक्रबार र शनिबार निजी सवारीसाधनलाई पेट्रोल वितरण गर्ने समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् । चीनबाट समेत पेट्रोल थपिएको छ,’ घिमिरेले भने, ‘त्यसैले बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधनलाई पेट्रोल दिने निर्णय भएको छ ।’

घिमिरेका अनुसार दैनिक ५० वटा पेट्रोल पम्पबाट दैनिक तीन लाख लिटरका दरले पेट्रोल वितरण गरिनेछ । दसैँअघि सरकारले एक दिन मात्रै पेट्रोल वितरण गर्दा पम्प परिसरमा लामो लाइन थियो । त्यसैले तीन दिनसम्म बाँड्न लागिएको घिमिरेले बताए ।

Womui
Womui