रुपैडिहा नाकामा जे देखियो …(फोटो फिचर)

169

Raman Oli

रमण ओली

नेपालगन्ज, कात्तिक १२
दसगजा क्षेत्रमा धर्ना दिन बसेका मधेसी मोर्चाका कार्यकर्तालाई धपाउन स्वस्र्फूत रुपमा उत्रिएका सर्वसाधारणले आन्दोलनकारीलाई भारततर्फ लखेट्दा बिहीबार जमुनाहा नाका तनावग्रस्त रह्यो । सुरुमा नेपाली भूमि प्रयोग गरी आन्दोलन गरिरहेका मोर्चाका कार्यकर्ताको प्रतिकारमा सयौंको संख्यामा सर्वसाधारण उत्रिएपछि उनीहरुले भारतीय भूमि प्रयोग गर्दै ढुंगा प्रहार गरे । मोर्चाले भारतीयभूमिबाट निरन्तर ढुंगा प्रहार गरेपछि नेपालतर्फ रहेका सर्वसाधारणले पनि प्रतिकारमा ढुंगा हाने । यता ढुंगा प्रहार हुन थालेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई साम्य पारेको थियो भने भारतीय भूमि प्रयोग गरेर ढुंगा प्रहार भइरहँदा पनि भारतीय सीमा सुरक्षा बल एसएसबीका सैनिक भने मूकदर्शक बनेका थिए । जसको फाइदा उठाउँदै भारततर्फ रहेका नेपाली नम्बर प्लेटका मोटरसाइकलमाथिसमेत मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा भे२प५८५३ नम्बरको मोटरसाइकल पल्टियो ।

1 Dhunga Prahar
यता नेपाली भूमिमा तैनाथ आक्रोशित सर्वसाधारणले आन्दोलनकारीका नेता कार्यकर्तालाई भारतीय भूमिबाट तान्दै नेपाल प्रहरीको जिम्मा लगाए । त्यसक्रममा मोर्चाका बाँके संयोजक विजय गुप्ता, राजेश मिश्रलगायत ५ जना मोर्चाका नेतालाई सर्वसाधारणले पक्रेर प्रहरीको जिम्मा लगाएका थिए । उता भारतीय सीमा सुरक्षा बल एसएसबीका सैनिकले भने बच्चालाई हपारे झै मोर्चाका कार्यकर्तालाई संरक्षण गरिरहेको देखिन्थ्यो । भारतीय एसएसबीका एक सैनिकलाई भारततर्फ जान पाइन्छ कि पाइँदैन भनेर सोधपुछ गर्दा उनले यतातिर(भारतमा) केही भएको छैन भन्दै निर्धक्क भारतीय बजारमा किनमेल गर्न पाइने जनाएका थिए भने त्यतिबेलासम्म भारतीय भूमि प्रयोग गर्दै मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरिरहेका थिए ।
अन्ततः नेपाल प्रहरीले प्रतिकारमा उत्रिएका सर्वसाधारणलाई साम्य पारेपश्चात् भारतीय सुरक्षा बल एसएसबीका सैनिकलाई नाका खुलाउन पहल गर्दा भारतीय भूमिमा रहेका मोर्चाका कार्यकर्ताको संरक्षण गर्दै एसएसबीका एक उच्च अधिकारीले बेवास्ता गरे ।

2 22 22_1 DSC05853 ee www

Womui
Womui