पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध

156

पाल्पा, कात्तिक १२–
बुटवल– पाल्पा सडक खण्डको सिमानामा सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बुधबार राति करिव १२ बजेतिर सुख्खा पहिरो खसेको थियो । पहिरो खसेपछि अवरुद्ध भएको सडक खुल्न सकेको छैन । ठूल्ठुला ढुंगा सहितको सुख्खा पहिरो खसेपछि सडक खण्ड पटक पटक अबरुद्ध हुने गरेको छ । pahiro
पहिरोका कारण सडकमा सवारीको लामो लाइन लागेको छ । सडक खुलाउनका लागि सडक डिभिजन र प्रहरीको टोलीले काम गरिरहेको छ । केही दिनअघि मात्रै पनि सोही ठाउँमा ढुङगासहितको पहिरो खस्दा डाक्टर दम्पती र बस नै तिनाउमा खस्दा तीन जनाको मृत्यु भएको थियो ।

Womui
Womui