पेट्रोल लिदाँ लाईनमै वित्छ घण्टौं समय

51

नेपालगन्ज, कात्तिक १
भारतिय आयल निगमले आपुर्ति नदिदाँ पेट्रोलको हाहाकार मच्चिएको छ । पेट्रोल नपाउँदा उपभोक्ताले निकै सास्ती पाइरहेका छन् । पम्पमा दिनहुँ जसो उपभोक्ताहरु लाईन लागेपनि पर्याप्त मात्रामा पेट्रोल पाउन सकेका छैनन् । पम्पले बेला बेलामा उपलब्ध गराउने ५ सय रुपैयाँको पेट्रोल लिन घण्टौं समय लाईनमै विताउन उनीहरु बाध्य छन् । घण्टौं समय सम्म लाईनमा लागेर पनि उपभोक्ताले पर्याप्त मात्रामा पेट्रोल नपाउँदा निराश देखिन्छन् । आयल निगमले दुई÷तीन दिनको फरकमा नेपालगन्जस्थित मैंक, एसके, भेरी, कुुमुम फिलिङ लगायत पम्पलाई पेट्रोल उपलब्ध गराउँदै आएको छ । माग अनुसारको आपुर्ती कम हुदाँ उपभोक्ताले पर्याप्त मात्रामा पाएका छैनन् ।

विपी चोकस्थित मैंक पम्पमा मोटरसाईकलको भिड ।
विपी चोकस्थित मैंक पम्पमा मोटरसाईकलको भिड ।

नयाँ संविधानमा असन्तुष्टी जनाउँदै भारतले झण्डै तीन हप्ता सम्म अघोषित नाकाबन्दी गरेको थियो । नाकाबन्दीका कारण भारतले रुपैडिहा नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकर प्रवेशमा कडाई गरेपछि त्यतिबेला छिटपुट रुपमा पेट्रोल भित्रिएको थियो । नयाँ सरकार गठन लगत्तै भारतले अघोषित नाकाबन्दी खोलेपनि अहिले पेट्रोल पर्याप्त मात्रामा भित्रिन सकेको छैन ।2

भारतले गोण्डा डिपोमै पेट्रोलको अभाव सिर्जना भएको बताइरहेको छ ।  नेपाल आयल निगमका क्षेत्रीय कार्यालय नेपालगन्जसँग अहिले डिजलको अनुपातमा पेट्रोलको मौज्दात निकै कम छ । आयल निगमका क्षेत्रीय प्रवन्धक श्रीचन्द्र श्रेष्ठले भारतबाट पेट्रोल आपुर्ति नियमित नहुँदा सम्म समस्या यथावत रहने बताएका छन् ।4

Womui
Womui