खडेरीले धान सुक्यो

252

नेपालगन्ज, असोज २३–
साउनको तेस्रो सातादेखि तराईमा पानी नपर्दा हजारौं हेक्टर जमिनमा किसानले रोपेको धान खडेरीले सुकेको छ । दुई महिना लामो खडेरीले खेतमा धाँजा फाटेर पसाउने समयमा धान सुकेको छ । पसाउने बेलामा धान सुकेपछि किसान अहिले धान काटेर चौपायालाई खुवाउन थालेको छ । जिल्लाको सीतापुर, गनापुर, मनिकापुर, समशेरगञ्ज, बागेश्वरी, उढरापुर, सोनपुर, राधापुर, साईगाउँ, कम्दी, पुरैना, बेतहनी, नौवस्ता, बेलहरी, खजुराखुर्द, इन्द्रपुर लगायतका क्षेत्रमा धान सुकेको हो ।

add

गनापुर २ का कृषक सुरेश यादवले दुई विघामा लगाएको धान सबै सुकेको बताए । खेतको धान सुकेर पराल पनि नहुने गरेर धान सुकेको किसानहरुले गुनासो गरेका छन् । खडेरीबाट पीडित कृषकलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । यसअघि यस क्षेत्रमा हजारौं विघा जग्गाको धानबाली यसरी सुकेको थिएन भन्छन् स्थानीय । खोला र नहरको सिंचाइ पहुँच रहेको स्थानबाहेक अन्य आकासे, बोरिङ, पम्पसेटबाट सिंचाइ हुने क्षेत्रमा धान सुकेको आजको नागरिकमा खबर छ ।

Womui
Womui