सिलिण्डरमा आगो सल्किँदा ६ घाइते

24

कोहलपुर, असोज १७

खान पकाउने एलपी ग्याँस सिलिण्डरमा आगो लाग्दा कोहलपुरमा ६ जना घाइते भएका छन्। कोहलपुर–५ प्रगतिनगरस्थित तुलसी पौडेलको भान्साघरमा रहेको सिलिण्डरमा आगो सल्किँदा ६ जना घाइते भएका हुन्। घाइते मध्ये दुई वर्षीय बालक नम्लेश ओलीको अवस्था गम्भीर रहेको छ। ओलीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार हुन नसकेपछि काठमाडौं बिएण्डी बी अस्पतालमा उपचार भइरहेको छ। बच्चाको घुडामुनि ९० प्रतिशत जलेको छ । घाइते हुने मध्य पुनम ओली, विष्णुप्रसाद जैसी, प्रमोद जैसी, तुलसी पौडेल र रितु शाही रहेका छन्। ५ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

Womui
Womui