काठमाडौं, असोज १६–
केबल संचालकहरुले बन्द अवस्थामा रहेका भारतीय च्यानल सुचारू गरेका छन् । नेपाल सरकारले भारतीय च्यानलहरू सुचारू गर्न आदेश दिएपछि नेपाल केबल टेलिभिजन महासंघ र नेपाल केबल टिभी व्यवसायी महासंघले भारतीय च्यानल प्रशारण सुचारू गरेका हुन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतीय च्यानल रोक्न दबाब दिएको थियो । नेपाली जनमत पनि बन्द गर्ने पक्षमा उर्लेको देखेपछि केबल संञ्चालकहरुले भारतीय च्यानलहरू बन्द गरेका थिए । गत सोमबारबाट लागू हुनेगरि नेपालमा भारतीय फिल्म, च्यानल तथा विज्ञापन रोक्ने केबल संचालकहरूले निर्णय गरेका थिए । नेपाल सरकारले बन्द गरिएको भारतीय च्यानलहरू सुचारू गर्न आदेश दिएपछि सम्पूर्ण केबल संचालकहरुले भारतीय च्यानलहरू सुचारू गरेको नेपाल केबल टिभी व्यवसायी महासंघका सुधीर पराजुलीले बताएका छन् ।