मुस्लिम समुदाय बकराइद मनाउँदै, सामुहिक नमाज पढियो

261

नेपालगन्ज, असोज ८–
सदभावको पर्व बकराइदलाई मुस्लिम समुदायले आज धुमधामका साथ मनाएका छन् । बकराइद मुस्लिम धर्मावलम्बीको दोस्रो ठुलो पर्व हो । बकराइदको अवसरमा आज मुस्लिम समुदायले शुभकामना साटासाट गर्नुका साथै मिठा परिकार खाइरहेका छन् । मुस्लिम र गैर मुस्लिम समुदायबीच शुभकामना आदान प्रदान गरिएको छ ।

नेपालगन्जको विपी चोकस्थित इदगाहमा सामुहिक नमाज पढ्दै ।  फाईल तस्बिर : छिनछिन खबर
नेपालगन्जको विपी चोकस्थित इदगाहमा सामुहिक नमाज पढ्दै ।
फाईल तस्बिर : छिनछिन खबर

ddd
बकराइदको अवसरमा नेपालगन्जमा पनि विशेष चहल पहल देखिएको छ । विपी चोकस्थित इदगाहमा आज बिहान ठुलो संख्यामा मुस्लिम समुदाय भेला भएर सामुहिक नमाज पढेका थिए । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना साटासाट गरेका थिए । मुस्लिम समुदायहरु आजदेखि तीन दिन सम्म बकराइदमा रमाउने चलन छ । सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
rr

Womui
Womui