हजयात्रीबीचको भागदौडमा पाँच नेपालीको मृत्यु भएको पुष्टी

47

काठमाडौं, असोज ८–
साउदी अरबको मक्कामा हज यात्राका क्रममा भएको भागदौडमा परी पाँच जना नेपालीको मृत्यु भएको पुष्टी भएको छ । भागदौडमा परी पर्साका पासपोर्ट नम्बर ०८६५८०९७ का अजहर मिया, पासपोर्ट नम्बर ०८६५८०७७ की आस्मा खातुन, पासपोर्ट नम्बर ०८७०४०९१ का जाकिर हुसेन तथा पासपोर्ट नम्बर ०८६०४०४० का सुमन मिया रहेका छन् ।

घाइते अवस्थामा रहेका नेपालगन्ज उपमहानगरपालिका ९ निवासी ५४ वर्षिय बरकत तुल्लाह अन्सारीको पनि आज बिहान मृत्यु भएको हज केन्द्रीय कमिटीका सदस्य हाजिम हलिम अन्सारीले बताए । हजयात्राका क्रममा भएको भागदौडमा ७ सय १७ जनाको मृत्यु भएको छ । ८ सय बढी घाइते भएका छन् । हजको दोस्रो दिन मक्काबाट लगभग सात किलोमिटर दुरीमा रहेको मीनामा शैतानलाई ढुंगा हान्ने धार्मिक विधिका क्रममा अचानक भागदौड मच्चिएको थियो ।

Womui
Womui