दसगजामा धर्ना दिँदै नाका ठप्प पारेका आन्दोलनकारीलाई प्रहरीले हटायो

28

विरगन्ज, असोज ७

विरगन्ज-रक्सौलबीच रहेको मितेर पुलस्थित दशगजा क्षेत्रमा धर्ना दिएर बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर त्यहाँबाट हटाएको छ । नेपाल-भारतको दशगजा क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले नाकामा आवत जावत गरेपछि प्रहरीले बल प्रयोग गर्दै उनीहरुलाई त्यहाँबाट हटाएको हो । प्रहरीले उनीहरुलाई हटाउन खोज्दा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दा पनि उनीहरु नहटेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायर भएपछि भने उनीहरु तितरबितर भएको पर्सा प्रहरीले जनायो ।

Womui
Womui