आन्दोलन अझै सशक्त बनाउने राजेन्द्र महतोको चेतावनी

50

विरगन्ज, असोज ४

नयाँ संविधानको विरोध गर्दै सडकमा उत्रिएका नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनलाई अझै सशक्त बनाउँदै लैजाने बताएका छन् । प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न आज नारायणी उपक्षेत्रीय अस्पताल पुगेका महतोले अब जबसम्म मागको सुनुवाइ हुँदैन तबसम्म आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताएका हुन् ।

 

अहिले बनेको संविधान जनताको नभई सत्तामा रहेकाको मात्र संविधान भएको संज्ञा दिँदै महतोले स्वायताको नाममा प्रदेशहरुलाई जिल्ला विकास समिति भन्दा पनि कम अधिकार दिएकोले यो संविधान प्रतिगमनकारी भएको बताए । अस्पताल परिसर बाहिर ‘नेपालको संविधान २०७२’ लेखिएको कागज जलाउँदै उनले बहुमतको आडमा तीन दलले जबरजस्ती ल्याएको संविधान तराई मधेशका गाँउ गाँउमा जलाइने बताए ।

यस्तै स्थानीय प्रशासनले बिहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा कर्फ्यू हटाएको थियो । बिहान ९ बजेदेखि पुनः अनिश्चितकालीन कर्फ्यु जारी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । वीरगन्जमा कर्फ्यू लगाइएको भएपनि ठाँउ ठाँउमा मधेशी मोर्चाका कार्यकर्ता र स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

Womui
Womui