डा.केसी पुनः अनसनमा

33

काठमाडौं, असोज २

Govinda-KCडा. गोविन्द केसी आजदेखि पुनः अनसनमा बसेका छन् । सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिबद्धता नआएको भन्दै डा. केसी पुनः आमनरण अनसनमा बस्ने भएका छन्। स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि लामो समयदेखि लड्दै आएको डा.केसी र सरकारबीच छैटौं अनसनपश्चात भदौ १९ गते नेपाल सरकारसँग ११ बुँदे सहमति भएको थियो। उक्त सहमति र माथेमा प्रतिवेदनका सुझावको प्रतिकुल हुने गरी चिकित्सा शिक्षा आयोग प्रधानमन्त्री नभई शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको तथा एमबीबीएसको शुल्क र मनसायपत्र सम्बन्धी बुँदाहरुमा सम्झौता प्रतिकुल हुने गरी हिजोको मन्त्री परिषद्मा निर्णय भएकाले ती कदम सच्याउन माग गर्दै फेरि अनुसन बस्नु परेको डा केसीले बताए।

मन्त्रीपरिषद्को निर्णय नसच्चिएमा चिकित्सा शिक्षा आयोग बने पनि त्यसले प्रभावकारी रुपमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रतिष्ठानहरुसँग समन्वय गरी काम गर्न नसक्ने र हालसम्मका उपलब्धि गुम्ने केसीको दाबी छ। साथै आयोगका सदस्य छनोटमा पनि राजनीतिक भागवण्डा नभई सम्बन्धित क्षेत्रको विज्ञतालाई आधार बनाउनु आवश्यक रहेको उनले बताएका छन्।

Womui
Womui