निर्वाचन धकेल्ने षड्यन्त्र हुँदैछः पूर्व मन्त्री बास्कोटा

93

नेपालगन्ज– नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अहिलेको सत्ता गठबन्धनले निकास दिन नसक्ने दोहो¥याए । प्रेस चौतारीले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै बास्कोटाले नेकपा एमाले चुनाव केन्द्रित भएको तर वर्तमान सत्ता गठबन्धन चुना रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाए । सत्तारुढ दलकै स्थानीय जनप्रतिनिधिले अदालतमा चुनाव रोक्न मुद्दा दायर गर्नु शंसयपूर्ण रहेको मन्त्री बास्कोटाको भनाइ छ ।

नेता बास्कोटाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनलाई अपवित्रको संज्ञा दिए । गठबन्धन सत्ता बचाउनेमा केन्द्रित हुँदा देशको आर्थिक क्षेत्र तहस नहस भएको र मुल्यवृद्धि आकशिएको बताए ।

उनले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली राष्ट्रवादीको संज्ञा एिका छन् । एमसीसीका पक्षमा प्रचण्डले देखाएको चरित्रले उनी अस्थिरताको कारक भएको प्रमाणित भएको पनि उनले बताए । स्थानीय निर्वाचनमा एमाले एक्लै जनतासामू जाने उनले बताएका छन् ।

Womui
Womui