राप्तीसोनारीले दियो बाघ आक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

65

नेपालगन्ज– बाँकेको राप्ती सोनारी गाउँपालिकामा पछिल्लो समय बाघको आक्रमणमा परि मृत्यु भएका परिवारलाई २० हजार रुपैयाँ किरिया खर्च दिइएको छ । बिहीबार मृतकको घरमै पुगेर मृतकका परिवारलाई उक्त रकम उपलब्ध गराइएको हो ।

बाघको आक्रमणबाट फागुन ७ गते शनिबार राप्ती सोनारी गाउँपालिका वडा नं. ६ गुलरीका ६० वर्षीय धन बहादुर चलाउनेको परिवारलाई किरिया खर्चबापत राप्ती सोनारी गाउँपालिकाले उक्त रकम उपलब्ध गराएको हो । राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले मृतकको परिवारलाई किरिया खर्च उपलब्ध गराउँदै बाघको आक्रमणमा ज्यान गएप्रति दुख व्यक्त गर्दै पालिका हरदम गाउँवासीको. साथमा रहेको बताइन् ।

उपाध्यक्ष खत्रीले बाघ आक्रमणमा मृतकका परिवारलाई सम्बन्धित निकायबाट क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा सहकार्य गरिरहेको बताउँदै बाघबाट हुने सम्भावित जोखिमबाट बच्ने उपाय अपनाउन गाउँवासीलाई आग्रह गरिन् ।

Womui
Womui