राप्तीसोनारीमा शिवरात्री मेलासँगै खेलकुद प्रतियोगिता

45

नेपालगन्ज– राप्ती सोनारीस गाउँपालिका वडा नं. २ वेलवासमा मंगलबार देखि महाशिवरात्री मेला एवम् विविध खेलकुद प्रतियोगिता शुरु भएको छ । वनदेवी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सुरु भएको मेलाको सशस्त्र प्रहरी बल ४२ नं. रिजव गण शम्शेरगन्जका एसपी शसी पाण्डेले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका एसपी पाण्डेले मेला महोत्सवहरु केवल मनोरन्जनका लागी मात्र नभएर समाज को विकासका लागी सहयोगी हुनुपर्ने बिचार व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनि कुमारी खत्रीले महाशिवरात्री मेला परम्परागत संस्कृतिको आफ्नै गहिरो नाता रहेको बताइन् । त्यसैगरी वन तथा वातावरण संरक्षण समन्वय समिति अध्यक्ष तुलाराम खत्रीले सामुदायिक वनले धार्मिक पर्वको अवसर पारेर मेला आयोजना गरेकोमा धन्यवाद दिदै खेल प्रतिभाहरुलाई यस्ता मेलाहरुले चिनाउने बताए । तिन दिन सम्म संचालन हुने मेलामा भलिबल, व्याटमिन्टन लगायतका खेल संचालन गरिएको आयोजकले बताएको छ ।

Womui
Womui