चैत १५ देखि कर्मचारी सरुवा तथा पदस्थापन नगर्न आग्रह

139

नेपालगन्ज– निर्वाचन आयोगले १५ चैतदेखि कर्मचारी सरुवा तथा पदस्थापन नगर्न सरकारलाई आग्रह गरेको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको निर्वाचन आयोगले कर्मचारी सरुवा तथा पदस्थापनका लागि समयसीमा तोकेको हो ।

आयोगले १५ चैत अगावै संघ, प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीहरुलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न र यस्तो स्थानमा स्वीकृत दरवन्दीको पद र तह अनुसारको कर्मचारी सरुवारपदस्थापन गरी सक्ने भनेको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त भए सरुवारपदस्थापन गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

स्वीकृत दरवन्दीको तह र पदनाम बमोजिम सरुवारपदस्थापन भएका कर्मचारीलाई स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काज तथा सरुवा नगर्न सरकारलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु १५ चैत अगावै स्वीकृत पदको तह र पदनाम बमोजिम सरुवारपदस्थापन गरिसक्नु पर्ने आयोगको निर्णय छ ।

Womui
Womui