सशस्त्रद्वारा ठूलो परिमाणको लत्ताकपडा बरामद

36

नेपालगन्ज– नेपालगन्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा नाकाबाट अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

ठूलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरी नेपालगन्ज ल्याइँदै गरेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक भाटको कमान्डमा गएको टोलीले २ लाख ७२ हजार ३८० रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडामा लेडिज सुट, लेडिज साडी, नेटको थानको कपडा, थानको कपडा, जेन्टस अन्डरवेयर रहेका छन् । बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

Womui
Womui