बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

141

नेपालगन्ज– बहुविवाह मुद्दाका फरार एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा फरार रहँदै आएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय जयबहादुर चन्दलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ ।

बहुविवाह मुद्दामा चन्दलाई बाँके जिल्ला अदालतले गत जेठ ९ गते १ बर्ष ५ महिना कैद र १५ हजार जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला पश्चात् हालसम्म फरार रही पक्राउ परेका चन्दलाई बाँके जिल्ला अदालतमा बुझाउने तैयारी भइरहेको प्रहरीले बताएको छ ।

Womui
Womui