मतदाता परिचयपत्रः फागुन २० सम्म प्रतिलिपि लिन र सच्चाउन सकिने

91

नेपालगन्ज– निर्वाचन आयोगले परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्रका लागि फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने जानकारी दिएको छ ।

आयोगले मतदाता नामावलीमा आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा इमेल वा फ्याक्सबाट समेत निवेदन दिन सकिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।

Womui
Womui