हिमानी कोषबाट ६ सय विद्यार्थीलाई सहयोग

45

नेपालगन्ज/ हिमानी कोषको आयोजनामा नेपालगन्जमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरिएको छ । कोषको आयोजनामा शनिबार नेपालगन्जमा भएको कार्यक्रममा कोषकी उपाध्यक्ष अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह र शाहज्यादी दिलाशा राज्यलक्ष्मी राणाले नेपालगन्जका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ सय विद्यार्थीहरुलाई स्वतः पानी प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गरेका हुन् ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाका अनुसार नगरको हनुमान प्रावि, नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरबारीटोल र पाटेश्वरी आधारभूत विद्यालयका ६ सय विद्यार्थीहरुलाई स्वतः पानी प्रशोधन हुने बोतल र मास्क सहयोग गरिएको हो । सो अवसरमा नगर प्रमुख राणाले हिमानी कोषले यसअघि पनि नगरमा सिलाइकटाई तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौला, कानूनी सल्लाहकार अनिता केसी, नेपालगन्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाहीलगायतले हिमानी कोषले मानवीय सहयोगप्रति आभार प्रकट गरेका थिए । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, सन्त श्री निवास लगायतको कार्यक्रममा सहभागिता थियो । रानी कोमल शाहको ७१ जन्मोत्सवका अवसरमा हिमानी कोष उक्त कार्यक्रम गरेको हो ।

Womui
Womui