भालुको पित्त र यार्सागुम्बा सहित धामी पक्राउ

76

नेपालगन्ज– जिल्ला प्रहरी कार्यालय कैलालीले भालुको पित्त र यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला कनिकासुन्दरी गाउँपालिका वडा नम्बर ३ का ५७ वर्षीय बिर्ख धामी रहेका छन् ।

भालुको पित्तको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले धामीलाई पक्राउ गरेको हो ।

प्रहरीले सुरुमा कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिकापा ४ स्थित वनदेवी मन्दिरको छेउमा अन्दाजी १५० ग्राम तौलको भालुको पित्त र २५ ग्राम यार्सागुम्बासहित धामीलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नम्बर २ मा धामी बस्दै आएको डेराबाट थप ५०० ग्राम यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका धामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।

Womui
Womui