स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकी आमा रहिनन्

116

काठमाडौं, भदौ ३१

अभिनेता स्व. श्रीकृष्ण श्रेष्ठकी आमा जगतकुमारी श्रेष्ठको निधन भएको छ । बुधबार दिउँसो एक्कासी पेट दुख्ने र सास फेर्न अप्ठ्यारो भएपछि चावहिलस्थित ओम अस्पतालको आइसियुमा भर्ना गरिएकी ८८ वर्षीया श्रेष्ठको बुधबार राति निधन भएको हो । एक वर्ष अघि दिव‌ंगत भएका श्रीकृष्णसहित ६ छोरा र एक छोरीकी आमा श्रेष्ठलाई खासै ठूलो रोग नभएको उनका ज्वाइँ तथा कोहिनुर फिल्मका निर्माता चन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विभिन्न अस्पतालमा पुर्‍याउँदा पनि रोग किटानी भएको थिएन । मृतक जगतकुमारी श्रेष्ठलाई उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोमा समस्या भने पहिलेदेखि नै थियो । अल्यायुमै दिवंगत भएका पुत्रशोकका कारण पनि थलिएकी श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

shree krishna shrestha

Womui
Womui