क्यान्सर पीडितका गंगाका परिवारलाई सहयोग

38

नेपालगन्ज– राप्ती सोनारी गाउँपालिका वडा नं. २ एक क्यान्सर पीडितबाट मृत्यु भएको घरपरिवारलाई नगद रकम सहयोग गरिएकोे छ । वडा नं. २ की १२ वर्षीया क्यान्सर पीडित गंगा परियारको घरपरिवारलाई सहयोग गरिएको हो ।

नेपाली कांग्रेस प्रदेश क का क्षेत्रीय प्रतिनिधि झुपबहादुर विष्टले क्यान्सरबाट मृतक परियारको घरमा गएर नगद रु. ५ हजार सहयोग गरेका हुन् । क्यान्सर पीडित १२ वर्षीय गंगाको उपचार भइरहेको अवस्थामा गत पुस २१ गते मृत्यु भएको थियो । क्यान्सर पीडित परियारको आर्थिक अवस्था दयनीय रहेको हुँदा विष्टले घरमा पुगेर मृतकका बुवा कामी दमाइलाई रकम हस्तान्तरण गरेका हुन् ।

विभिन्न सामाजिक कार्यमा आबद्ध विष्ट समाजमा रहेका विकृति विसङ्गतिलाई निरुत्साहित पार्दै सकारात्मक परिवर्तनका साथै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका छन् । रकम हस्तान्तरणमा नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भीमबहादुर राना, सचिव सन्तोष चौधरी, वडा नं. २ का उपसभापति हिरालाल भण्डारी, कोषध्यक्ष नेप बहादुर वलीलगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui