माघ १६ देखि ५ दिनका लागि विद्यालय खुल्ने

104

काठमाडौं– माघ १६ देखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउन विद्यालय खोल्ने निर्णय गरिएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीचको बैठकले खोप दिने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको हो ।

विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्ने मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।

Womui
Womui