दृष्टि परिवर्तन गर्न किसान चोक स्थापना

43

नेपालगन्ज– बाँसगढी नगरपालिकामा किसान चोक स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगर प्रमुख शालिकराम अधिकारी र पूर्व कमैया तथा किसान शिवप्रसाद थारुले किसान चोकको अनावरण गरे । नवनिर्मित किसान चोक बाँसगढी नगरपालिकाको चिनारीको रुपमा स्थापित गर्ने उदेश्यले किसानको पहिचानका लागि हलो र जुवा बोकेको किसान सहितको मूर्ति किसान चोकको अनावरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरुले बाँसगढी नगरपालिकाका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन स्थानिय सरकारले जोड दिनु पर्ने बताए । उनीहरुले किसान प्रति हेर्ने दृष्टि पनि चोक स्थापनाले परिर्वतन गर्न सहयोग गरेको भन्दै नगरपालिकालाई धन्यावद पनि दिएका थिए ।

बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले नगरपालिका भित्रका किसानहरुलाई हकहितको लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा गुरुंग, थारु, मुस्लिम, मधेसी तथा अन्य बिभिन्न समुदायका मानिसहरुले आ आफ्नो भेषभुषामा उपस्थित भएका थिए ।

Womui
Womui