जुनीचाँदेको पूर्वाधार विकासमा जोड

243

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाले पूर्वाधार विकासमा जोड दिइएको छ । जिल्लाको सबैभन्दा पश्चिम क्षेत्रको गाउँपालिका भौगोलिक विकटतासँगै विकासमा पछाडि पारिएको क्षेत्रलाई विकास गर्न जुनीचाँदे गाउँपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको छ । गाउँपालिकाले सडक, खानेपानी, स्वास्थ्य, सिँचाइ र विद्यालय भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना योजना तथा बजेट बनाएको गाउँपालिका का.बा. अध्यक्ष शिवा आचार्य बस्नेतले बताउँछिन् । हाल पालिकाले दश वटा वडामा ८५.५ किलोमिटर मोटरबाटो पु¥याएको छ । कतिपय ठाउँमा टोलवस्तीमै सडक पुगेको छ भने यसअघि बनाइएका सडक स्तरोन्नतिको काम अघि बढाएको छ । पालिकाकै विकट मानिएको वडा नं. ७ लगायतका गाउँमा चालू आर्थिक वर्षमै सडक पु¥याउनेगरी काम भइरहेको छ । पालिकाभित्र सडकको पुहँच मार्ग (ट्रयाक) खोल्नुपर्ने ठाउँ कमै मात्र छन् ।

गाउँपालिकामा ६० मिटर आर.सि.सि सडक निर्माणसँगै अब खनिएका सडकको स्तरोन्नतिका लागि योजना बनाइरहेको गाउँपालिकाका का.बा.अध्यक्ष शिवा आचार्य बस्नेत बताउँछिन् । विगतमा हाम्रो गाउँपालिका छेडागाड नगरपालिकासँग सडकले जोडिएको मात्र थियो,” का.बा.अध्यक्ष आचार्य बस्नेतले भनिन्, अहिले हामीले सबै वडा कार्यालयसम्म सडक बाटो पु¥याएका छौं, अधिकांश ठाउँमा ट्रयाक खोलिसकेका छौं, अब हाम्रो योजना खोलिएका सडकको स्तरोन्नतितिर छ ।”

सडकपछि गाउँपालिकाले खानेपानी योजनालाई प्राथमिकता दिएको का.बा.अध्यक्ष आचार्य बस्नेत बताउँछिन् । का.बा. अध्यक्ष आचार्य बस्नेतका अनुसार गाउँपालिकाका शुद्ध खानेपानी सबै ठाउँमा पु¥याउनेगरी काम भइरहेको छ । चालू आर्थिक वर्षभित्र ६० प्रतिशत खानेपानी निर्माण, मर्मत, सबै ठाउँमा खानेपानी पुग्ने का.बा.अध्यक्ष आचार्य बस्नेतको दाबि छ । यस्तै आफ्नो पाँच वर्ष कार्यकालमा गाउँपालिकाका ८० प्रतिशत घरधुरीमा खानेपानी पु¥याइने उनले बताइन् । मेरो कार्यकालमा करिब ८० प्रतिशत घरधुरीमा खानेपानी पु¥याउने लक्ष्य छ,” आचार्य बस्नेतले भनिन् । त्यसका लागि खानेपानी योजना निर्माण भइरहेका छन् चालू आर्थिक वर्षभित्र ६० प्रतिशत घरधुरीमा खानेपानी पुग्छ भने सबै आयोजना सम्पन्न हुँदा ८० प्रतिशत घरधुरीमा खानेपानी पुग्नेछ ।”

गाउँपालिकाले प्रदेश र संघीय सरकारसंगको साझेदारीमा मझौला खालका योजनाहरू अघि बढाएको छ । गाउँपालिकाले शिक्षालाई पनि उत्तिकै महत्व दिएको छ । भौतिक पूर्वाधार तर्फ विद्यालय भवन, पर्खाल, शौचालय, खेलमैदान निर्माणलाई जोड दिएको छ भने पठन पाठनमा सहयोग पु–याउन दरबन्दी कम भएका विद्यालयमा स्वंसेवक शिक्षक नियुक्त गरेको छ । गाउँपालिकाको स्रोतबाट १५० जना स्वंसेवक शिक्षक नियुक्त गरी परिचालन गरेको छ । प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि भेटेनरी प्राविधिक शिक्षा स्थापना गरी पठनपाठन गरीएको गाउँपालिकाले जनाएकोे छ ।

जुनीचाँदेमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडिएको छैन् । जनतामा विद्युत सेवा पु¥याउनका लागि सौर्य उर्जा र लघु तथा साना जलविद्युत आयोजना निर्माणमा जोड दिएको छ । जुनीचाँदे गाउँपालिकाले १५ किलोवाटको बिद्युत उत्पादन गरी अध्यारो मुक्त गरेको छ । (पिको हाइड्रो) लघु जलविद्युतबाट गाउँपालिकाले वडा नं. ६ र ११ का ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको हो । गाउँपालिकाले वडा नं. ६ को हिप्कखोलामा ६० किलोवाट विद्युत उत्पादन क्षमता भएको लघु जलविद्युत आयोजना निर्माणाधिन अबस्थामा रहेको का.बा. अध्यक्ष आचार्य बस्नेत बताउँछिन् । खेतीयोग्य जमिन कम भएकाले यहाँका गाउँपालिकाले नागरिकलाई उद्यमशिलता, पशुपालन र फलफूल खेतिमा जोडमा जोडदिएको छ । अन्न बाली कम उत्पादन हुनेभएकाले यहाँका नागरिक धेरै जसो रोजगारीका लागि भारत लगायतका देशमा जाने गर्दछ । यसैकुरालाई मध्यनजर गरी गाउँपालिकाले युवालाई विभिन्न व्यवसायिक सीपमूलक तालिम दिएकोछ । हालसम्म करिब पाँच सय युवालाई डकर्मी, सिकर्मी, हाउस वायरिङ, बेमौसी तरकारी खेती उत्पादन, कुखुरा पालन, पलम्बर, सिलाइ कटाइ तालिम दिइसकेको छ । उद्यमशीलता विकासका लागि गाउँपालिकाले ‘उपाध्यक्ष–उद्यमशीलता’ कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । का.बा.अध्यक्ष आचार्य बस्नेतका अनुसार उद्यमीहरूलाई सहकारी मार्फत ब्याजमा अनुदान र बजारीकरण गर्ने योजना रहेको छ ।

बजारीकरणका लागि पनि ढुवानीमा अनुदान दिइनेछ । पालिकाले स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनेमा पनि ध्यान दिइरहेको छ । हालसम्म ६ वटा आधारभुत स्वास्थ्य चौकी, १ वटा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ भने १८ वटा आधारभुत तथा स्वास्थ्य संस्थामा १ जना मेडिकल अधिकृत, ४९ जना स्वास्थ्यकर्मीलाई करारमा नियुक्ति गरी स्वास्थ्य इकाइहरू मार्फत दुर्गमका वासिन्दालाई सेवा पु¥याइरहेको छ ।

Womui
Womui