कांग्रेस जिल्ला अधिवेशन सर्‍यो

50

नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको अधिवेशन सरेको छ । संघीय निर्वाचन क्षेत्र अधिवेशन सकिएपछि जिल्ला अधिवेशनको अन्तिम तयारी भइरहेका बेला अधिवेशन सरेको हो ।

कार्यतालिका अनुसार भोली मनोनयन दर्ता र पर्सि निर्वाचन तय गरिएको थियो । प्रदेश महाधिवेशन र संघीय महाधिवेशन प्रतिनिधि चुनिइसकेकाले प्रदेश र केन्द्रिय महाधिवेशनलाई असर नपर्ने भएका कारण केन्द्रिय निर्वाचन समितिको निर्देशनमा जिल्ला अधिवेशन सारिएको हो ।

प्रदेश अधिवेशन मंसिर १६ मै तय गरिएकाले जिल्ला अधिवेशनमा सभापतिको परिणाम पहिलो चरणमा नआए समय नहुने देखिएपछि अहिलेलाई प्रदेश अधिवेशनपछि गर्ने गरी अधिवेशन स्थगित गरिएको सहायक निर्वाचन अधिकृत चित्र बहादुर शाहीले बताए । हाललाई केन्द्रिय निर्वाचन समितिको निर्देशनमा प्रदेश अधिवेशन सम्पन्न नहुँदासम्म जिल्ला अधिवेशन स्थगित गरिएको शाहीले बताए ।

मंसिर १६–१८ मा प्रदेश अधिवेशन हुने र २१ गते केन्द्रिय महाधिवेशनको मनोनयन राखिएकाले अब केन्द्रिय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने देखिएको छ ।

Womui
Womui