जुनीचाँदेमा ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी

147

जाजरकोट जुनीचाँदे गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जुनीचाँदेमा आ.व. ०७६÷०७७ देखि संचालनमा ल्याइएको महिलाका समस्याको पहिचान गर्दै गर्भवती, सुत्केरी तथा शिशुको स्वास्थ्य सुधारका लागि थालेको ‘सुत्केरीसँग उपाध्यक्ष’ भेटघाट कार्यक्रम अभियान प्रभावकारी बनेको हो ।

जुनीचाँदे गाउँपालिकामा सञ्चालन गरिएको ‘सुत्केरी सँग उपाध्यक्ष’ भेटघाट कार्यक्रमबाट ग्रामीण भेगका महिलाहरुको स्वास्थ्य सम्बन्धी चेतना बढ्दै गएको हो । आमा र शिशु मृत्युदर कम गर्न तथा स्वस्थ बच्चाको जन्मदरमा वृद्धि गर्न जुनीचाँदेले ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम अभियान सञ्चालन गरेको का.वा. अध्यक्ष शिवा आचार्य बस्नेतले बताइन् । गाउँपालिकाले स्वास्थ्य शाखासँग समन्वय गरी गर्भवती हुँदा प्रत्येक सुत्केरी आमा तथा बच्चालाई (न्यानो कपडा प्याकेज, आयोडिन नुन, लोकल कुखुरा तथा एक धार्नी तोरीको तेल वितरणको गरेको आचार्य बस्नेतले बताइन् । जुनीचाँदेले गर्भवतीलाई स्वास्थ्य सम्बन्धी परामर्शलगायत ‘सुत्केरी सँग उपाध्यक्ष’ कार्यक्रम संचालन गर्नका लागि प्रत्येक आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताइन् । ‘चार पटक गर्भ जाँच गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएका आमालाई पोषणयुक्त खानेकुरा दिने गरेका छौं,’ उनले भनिन्,‘खासगरी स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने र बालमृत्युदर घटाउने हाम्रो योजना हो ।”
ग्रामीण भेगहरुमा अझै पनि महिलाहरु घरमा नै सुत्केरी हुने गरेको पाइन्छ । जसका कारण शिशु मृत्युदर तथा पोषणको कमीले कुपोषित बालबालिकाको संख्या पनि रहेको स्वास्थ्यकर्मी बताउँछन् । जुनीचाँदे गाउँपालिकामा अस्पतालमा नै पुगेर सुत्केरी हुन पे्ररित गर्न पनि यस खालका कार्यक्रम ल्याइएको उनले बताइन् ।

जुनीचाँदे गाउँपालिकाले यो कार्यक्रम विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको छ । गाउँपालिकाका ११ वटा वडाका १४ सय भन्दा बढी महिला प्रत्यक्ष लाभान्वित भएको का.वा. अध्यक्ष शिवा आचार्य बस्नेतले बताइन् । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि पनि परामर्श दिने गरिएको गाउँपालिकाहरुले जनाएका छन् ।

Womui
Womui