वाकाथनको तयारी जुट्यो बास

94

नेपालगन्ज– भष्ट्राचार दिवसको अवसर पारेर बागेश्वगरी असल शासन (बास)ले ‘नेपालगन्ज वाकाथन’ गर्ने भएको छ । भष्ट्राचार विरुद्ध सक्रिय भएर काम गरिरहेको बासले अन्तराष्ट्रिय भष्ट्राचार दिवसको अवसर पारेर नेपालगन्जमा वाकाथन गर्ने तयारी सुरु गरेको हो ।

मंसिर २३ गते आयोजना गरिने वाकाथनलाई भव्य बनाउन बासले विभिन्न उप–समिति बनाएर तयारी सुरु गरेको छ । अन्तरालले व्यवस्थापन गर्ने वाकाथनले भष्ट्राचार विरुद्ध जागरण ल्याउने उद्देश्य लिएको वाकाथन कार्यक्रम संयोजक नमस्कार शाहले बताए । उनले भने, ‘हामी भष्ट्राचार विरुद्ध काम गरिरहेका छौं । भष्ट्राचार विरुद्धको दिवस हाम्रो लागि महत्वपुर्ण दिन हो । यहि दिनको अवसर पारेर हामीले नयाँ कार्यक्रमको सुरुआत गर्ने तयारी गरेको छौं ।’

भष्ट्राचार विरुद्ध संगठित भएर समाज जागरण ल्याउन जरुरी रहेको बताउँदैं शाहले त्यसका लागि वाकाथन एउटा सशक्त माध्यम बन्ने बताए । ‘भष्ट्राचार विरुद्धका लागि सँगै हिडौं’ भन्ने नारा साथ आयोजना गरिन लागेको वाकाथनको तयारी बारे बासले शनिबार विभिन्न संघ–संस्थासँग छलफल बैठक समेत गरेको छ ।

बैठकले विभिन्न १५ वटा उपसमिति समेत गठन गरेको छ । आर्थिक समिति संयोजकमा दिला शाह, संस्कृति समितिमा महेन्द्र सेडाई, प्रचारप्रसार समितिमा कमल खत्री, व्यवस्थापन तथा सुरक्षा समितिमा जयनारायण शाह, स्वय सेवक परिचालन समितिमा शिव कुमार वर्मा, खानेपानी तथा सरसफाई समन्वय समितिमा शोभा थापामगर, समारोहमा कमल शाही, सचिवालयमा मन भण्डारी, झाकी व्यवस्थापनमा तारा रोकाय, अपाड्ड समन्वय समितिमा गणेश प्रसाद भंटराई, अभिलेखिकरणमा खेम विष्ट र मंच व्यवस्थापन समितिमा बसन्ती रोकायलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

Womui
Womui