मंसिर २४ र २५ मा आईटीएफ प्रतियोगिता हुँदै

38

नेपालगन्ज– बाँके जिल्ला तेक्वान्दो (आईटिएफ) संघले बाँकेमा नगरस्तरीय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । आयोजकले शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । मंसिर २४ र २५ गते नगरस्तरीय तथा बाँके जिल्लाका आईटिएफ खेलाडीहरुका लागि प्रतियोगिता हुन लागेको खेलका संयोजक रंजित गिरिले जानकारी दिए ।

गिरिका अनुसार प्रतियोगितमा नगरका २४ वडा र जिल्लाका गरि २ सय ३० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । साथै अफिशियलहरु पनि प्रतियोगितामा सहभागी हुने छन् ।

जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको भन्दै प्रतियोगितालाई भव्य बनाउनका लागि सबै वडालाई सहयोगको गर्न आग्रह गरिएको छ । प्रतियोगितामा महिला पुरुष तर्फ २० केजी तौल सूमहदेखि ७० केजी तौल समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Womui
Womui