बाँके २ को क्षेत्रीय सभापतिमा रमेश गुप्ता

38

नेपालगन्ज– नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेश कुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ताले प्रतिस्पर्धी विरेन्द्र बहादुर शाहलाई ४८ मतान्तरले हराएका हुन् । गुप्ताले २३९ मत र शाहले १९१ मत पाए । दुवै संस्थापन निकट भए पनि संस्थापनबाट गुप्ता उम्मेदवार थिए ।

यसैगरी सचिव र सहसचिवमा पनि गुप्ता प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । सचिवमा सुनिलसिंह हमाल २६३ र प्रदिप साहु २५० तथा सहसचिवमा तरुण बज्राचार्य २७१ र सब्बिर खाँ २१८ मतका साथ विजयी भएका छन् । सचिवका अन्य दुई प्रतिष्पर्धी आशिष बर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत पाए । सहसचिवका अन्य दुई प्रतिष्पर्धी रमेश तिमिल्सिना १७१ र ओमप्रकाश चौहानले १४२ मत पाए । क्षेत्र नम्बर २ मा ४५१ मत मध्ये ४३८ मत खसेको थियो ।

Womui
Womui