नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी

96

नेपालगन्ज– नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । निर्वाचनमा संस्थापन इतरका पोषण केसीले संस्थापन पक्षका माधवराम खत्रीलाई ४७ मतान्तरले हराएका छन् । ६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका हुन् ।
सचिवमा केसी प्यानलबाट खुम बहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचतमा ६०५ जना मतदाता मध्ये ६०१ मत खसेको थियो ।

Womui
Womui