३ अर्ब ७२ करोड बढी सहुलियतपूर्ण कर्जा वितरण

46

बाँके जिल्लामा २०७८ साउनसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाले तीन अर्ब ७२ करोड ८१ लाख ९१ हजार रुपैयाँ सहुलितपूर्ण कर्जा वितरण गरिएको छ । कृषि ज्ञान केन्द्रले आयोजना गरेको शुलभ कार्जा सहजीकरण अन्तरक्रिया गोष्ठीमा बोल्दै नेपाल राष्ट्र बैंका उप–निर्देशक श्यामप्रसाद ढकालले बाँकेमा वितरण भएका सहुलियतपूर्ण कर्जाका बारेमा जानकारी दिएका हुन् ।

ढकालका अनुसार जिल्लामा वितरण गरिएको सहुलियत कर्जामा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जावापद २५ दुई अर्ब ५९ करोड चार लाख ८९ हजार वितरण गरिएको छ । त्यस्तै महिला उद्यमशील कर्जामा एक अर्ब ११ करोड ५९ लाख ६८ हजार, कपडा उद्योग संचालनका लागि एक करोडलगायत वितरण भएको ढकालले जानकारी दिए । साथै सबैभन्दा कम उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जामा शून्य कर्जा वितरण गरिएको छ ।

बाँकेमा साउन मसान्तसम्म एक हजार आठ सय ४४ जनामा कर्जा वितरण गरिएको हो । जसमा सबैभन्दा बढी महिला उद्यामशील कर्जामा एक हजार ९९ जनालाई वितरण गरिएको छ । साथै व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा सात सय २७ जनालगायतमा वितरण गरिएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा २०७८ साउनसम्म ३० अर्ब ६८ करोड ७४ लाख १७ हजार सहुलियतपूर्ण कर्जा वितरण गरिएको ढाकालले बताए । जसमा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २० अर्ब ९१ करोड ५६ लाख ६३ हजार वितरण गरिएको छ । साथै महिला उद्यमशीलता कर्जामा नौ अर्ब ४८ करोड सात लाख ४४ हजार रुपैयाँलगायत वितरण गरिएको छ । साथै सबैभन्दा कम भूकम्प पिडितहरुको निजी आवास कर्जामा ३० लाख रुपैयाँ वितरण गरिएको छ ।
प्रदेशमा मसान्तसम्म १७ हजार सात सय २६ जनामा सहुलियतपूर्ण कर्जा वितरण गरिएको छ । जसमा महिला उद्यमशील कर्जामा नौ हजार चार सय नौ जनालगायतमा कर्जा वितरण गरिएको ढकालले बताए ।

Womui
Womui