१० औं वार्षिकउत्सवः सामाजिक उत्तरदायित्व पूरा गर्दै साकारले गर्‍यो ३६ पिन्ट रक्त संकलन

74

नेपालगन्ज– बाँके जिल्लाको एक प्रतिष्ठित सहकारी साकार कृषि सहकारी संस्थाले आफ्नो १० औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सेवा केन्द्र नेपालगञ्जको मुख्य आयोजनामा रक्तदान गरिएको हो ।

कृषि सहकारीमा उल्लेख प्रगति गर्न सफल सहकारीले सामाजिक दायित्व अन्तर्गत एक कार्यक्रमका बीच रक्तदान गरेको जनाएको छ । बाँकेमा आवश्यक पर्ने रगतको अभावलाई पूर्ति गर्न समेत उक्त कार्यक्रमले मद्दत गर्ने अपेक्षा गरिएको सहकारीका मुख्य व्यवस्थापक जमान सिंह ओलीले बताए । मंगलबार बिहानबाट सुरु गरिएको रक्तदान कार्यक्रम दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको थियो ।

रक्तदानमा सहकारीमा आबद्ध कर्मचारी, संस्थाका पदाधिकारी तथा सेवाग्राही समेतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको रक्त सञ्चार केन्द्रमा आयोजित कार्यक्रममा ३६ जनाले रक्तदान गरेको सहकारीका प्रबन्धक भरत केसीले जानकारी दिए ।

त्यस्तै वार्षिक उत्सवको अवसरमा साकार कृषि सहकारीको प्रधान कार्यालय राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ टेपरी र सम्पर्क कार्यालय कोहलपुर, बैजापुर र कचनापुरमा मंगलबार साँझ दिप प्रज्ज्वलन गरिएको सहकारीले मुख्य व्यवस्थापक ओलीले जानकारी दिए ।

सहकारीले सदस्यहरुको सामाजिक, सांस्कृतिक, आर्थिक तथा पारिवारिक विकास गरी खुसी र सुखी बनाउने उद्देश्य बोकेको सहकारीका अध्यक्ष मनोज कुमार मौर्यले जानकारी दिए । हाल साकार कृषि सहकारीले बीउबिजनलगायत अन्य सेवाहरु पनि प्रदान गर्दै लगेको सहकारीले जनाएको छ । सहकारीले विभिन्न जातका तरकारी तथा खाध्यान्नहरुको बीउ उत्पादन तथा प्रशोधन र बजारीकरणका काम गरिरहेकोमा बचत संकलन र कर्जा लगानी समेत गर्दै आएको छ ।

Womui
Womui