राप्तीसोनारीमा बेवारिसे बम भेटियो

41
बेवारिसे अवस्थामा रहेको बम

नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा बम फेला परेको छ । पूर्वपश्चिम राजमार्गको खैरीखोला जंगलमा बेवारिसे अवस्थामा आइतबार एउटा बम फेला परेको प्रहरी चौकी अगैयाका इन्चार्ज असई खगेन्द्र केसीले बताए । उक्त बम खैरीखोलादेखि ३०० मिटर पूर्वको जंगलमा ५ मिटर दक्षिणतर्फ रहेको असई केसीले जानकारी दिए ।

बम फेला परेपछि नेपाली सेनालाई खबर गरेको असई केसीले जानकारी दिए ।अहिले सेनाको टोली घटनास्थलमा पुगिसकेको छ भने बम डिस्पोजल टोलीलाई खबर गरेर बोलाइएको छ । असई केसीका अनुसार बम के कसरी त्यहाँ आयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

Womui
Womui